एकैदिन १४०० रुपैयाँले घट्यो सुनको मुल्य, प्रतितोला कति ?


काठमाडौं –साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा सुनको मुल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो । जसअनुसार आज सुन प्रतितोला ९६ हजार ६०० रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार १०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलमा ४० रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २९५ रुपैंया कायम हुने महासंघले जनाएको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैंयामा कारोबार भएको थियो ।

 

प्रतिक्रिया