नेकपा फूटको औपचारिक घोषणा अघि चिनियाँ राजदूत यान्की माधव नेपाल निवास पुग्नुको कारण


काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार आधिकारिक नेकपा आफू रहेको दाबी गरेका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेकी छन्। 

नेकपा एकता जोगाउनका निम्ति चीनको चासो रहेको टिप्पणी भइरहेका बेला यान्कीको दौडलाई निक्कै महत्वका साथ हेरिएको छ। उनले केही दिनअघि नेपाल समूहकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेटेकी थिइन्।

पछिल्लो पटक भने उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छैनन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेको विवरण सार्वजनिक भएका थिए।

संसद विघटनपछि चिनियाँ राजदूत यान्कीको राजनीतिक सक्रियता एकाएक बढेको छ । नेकपाको औपचारिक फूटको घोषणा अघि नै विवाद मिलाएर स्थिरता कायम गराउनका लागि चीनको यो दौडधुप रहेको कतिपयको बुझाई छ।

प्रतिक्रिया