ओली गणतन्त्र र संघीयताविरोधी मान्छे होः नेपाल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शीर्ष नेताहरुले प्रधानमन्त्री ओली निरंकुश बनेको आरोप लगाए ।

प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको भन्दै उनले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मान्छे हो ।’

ओली कम्युनिस्ट विचार सिद्धान्तबाट विचलन भएको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन ?’

प्रतिक्रिया