राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट


काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ ।  कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्कासन गरेको आईपीओ बिहीवार बाँडफाँट भएको हो ।

लघुवित्तको आईपीओका लागि २५ लाख ८५ हजार २६१ आवेदकले आवेदन दिएकामध्ये ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । बाँकी आवेदक सबैको हात खाली भएको छ ।यसको शेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँका दरले ८ करोड ५० लाख रूपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । यसको आईपीओका लागि आवेदन दिएका २५ लाख लगानीकर्तामध्ये ५ हजार ८५९ जनाको आवेदन भने रद्द भएको छ । बाँकी २५ लाख ७९ हजार ४०२ जना योग्य आवेदकलाई मात्रै आईपीओ बाँडफाँट प्रक्रियामा सहभागी गराएको शेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया