बिहीबारको बानेश्वर ‘युद्ध मैदान’! (फोटोफिचर)


काठमाडौं – एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरलाई ‘युद्ध मैदान’को झल्को दिएको छ।

बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभाबाट एमसीसी पास गर्ने लागेको भन्दै प्रदर्शनमा उत्रिएका र उनीहरुलाई रोक्न खोजेका सुरक्षाकर्मीबीचको झडपले बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त रह्यो।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए भने सुरक्षाकर्मीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेका थिए।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि प्रदर्शनकारीहरू फर्किएका छन्।

हेरौं तस्बिरमा

प्रतिक्रिया