
जबरामाथि महाभियोगको प्रस्ताव असंवैधानिक भन्दै सर्वोच्चमा रिट
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा.पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।
त्यस्तै जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित अर्को निवेदन पनि सर्वोच्चमा पेश भएको छ । तर दर्ता हुन भने बाकी रहेको छ ।



कागजपत्र |
