बुटवलस्थित दालमोठ उद्याेगमा आगलागी, ४८ लाख बराबरको क्षति


रुपन्देही – बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित एक दालमोठ उद्याेगमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।

पशुपति बानियाँको दालमोठ उद्याेगमाआगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया