लोसपाको निर्णयः एमसीसीको पक्षमा उभिने


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने भएको छ। बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

महन्थ ठाकुर नेतृत्वको लोसपाले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेपछि संसदमा सहजै रुपमा एमसीसी पारित हुने सम्भावना बढेको छ।

लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने निर्णय भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए।

बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधिसभामा लोसपाका १३ सांसद छन्।

प्रतिक्रिया