पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण, ३ को मृत्‍यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने, ३ जनाको मृत्‍यु भएको छ । हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया