एमाले अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्व स्काउटनको एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदक प्रधान गरिएको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सोमबार सम्पन्न विश्व स्काउट एशिया प्रसान्त क्षेत्रीय सम्मेलनले तत्कालिन नेपाल स्काउटको तात्कालिन संरक्षक ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै सो पदक प्रदान गरिएको बताएका छन् ।

“मेधावी योगदान” पदक प्राप्त गर्ने ओली पहिलो नेपाली हुन् । यस वर्षको यो पदक ओलीलाई प्रदान गरिएको हो । नेपाला स्काउटको संरक्षक प्रधानमन्त्री हुने गर्छन् ।

ओली २०७४ फागुनदेखि २०७८ असारसम्म पछिल्लो पटक नेपालको प्रधानमन्त्री थिए । विश्व स्काउटको एसिया प्रशान्त क्षेत्रको २७औं सम्मेलनले सो पदक ओलीलाई दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया