नेपालमा ६१३ संक्रमित थपिए, थप ५ को मृत्यु


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ।

हालसम्म नेपालमा १८ लाख ९६ हजार २ सय ५० जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया