

‘लिभिङ टुगेदर’ सम्बन्धी कानुन बनाउन सांसदहरूको सुझाव

काठमाडाैँ – सांसदहरुले ‘लिभिङ टुगेदर’ सम्बन्धी स्पष्ट कानुन नहुँदा बिकृति बढेको भन्दै कानुन बनाएर लिभिङ टुगेदरलाई नियमन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्ने सांसदहरुले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउनु पर्नेमा जोड दिएका हुन्।
नेपालमा लिभिङ टुगेदर (विवाह नगरी महिला पुरुष सँगै बस्ने) बढ्दै गएपनि त्यसलाई सम्बोधन गर्ने कानुन नहुँदा विशेषगरी महिलाहरु पीडित भइरहेका सांसदहरुको भनाइ छ।

