

पुरानै पार्टीमा फर्काउने षडयन्त्र हुँदैछः प्रचण्ड, यस्ता छन् केन्द्रीय कमिटीका निर्णय

काठमाडौं– निर्वाचन आयोगले आफूहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक रुपमा नदिने षडयन्त्र भइरहेको पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
केन्द्रीय कमिटी बैठकलाई कार्की पार्टी प्यालेसमा सम्बोधन गर्दै उनले कसैको प्रभावमा नपरी निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता दिनुपर्ने जिकीर गरे।
सो क्रममा सर्वोच्च अदालतले पनि कानुनसम्मत आदेश गरेर संसद पुनःस्थापना गराउनुपर्नेमा जोड दिएको छ। नेकपा केन्द्रीय कमिटीले विभिन्न निर्णय पारित गरेको छ।
यस्ता छन् निर्णय
–१० गते ९ः३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउसो २ः०० बजे पत्रकार सम्मेलन ।
–१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
–२० गतेभित्र नगररगाउककपालिकासम्म बैठक, भेला गर्ने ।
–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
–काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
–नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।

