संसद विघटन अग्रगामी क्रान्तिकारी कदम, पुनःस्थापना हल्ला स्याल हुइयाँः बादल


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभा विघटनको निर्णय अग्रगामी र क्रान्तिकारी कदम भएको बताएका छन्। त्यसको पुनःस्थापना हल्ला पश्चगामी स्याल हुइयाँ भएको उनको तर्क छ।

विहीबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठकको सम्बोधन गर्ने क्रममा बादलले भने,‘पार्टी सशक्त बनाएर गुट परास्त गर्नुपर्छ। निर्वाचनमा दुई तिहाई मत ल्याउनुपर्छ।’

घोषित निर्वाचनमा दुई तिहाई मत ल्याउने गरी संगठन परिचालनमा सक्रिय हुनुपर्ने बादलले बताए। उनी विहीबार मात्रै खुलेर ओली नेतृत्वको पार्टीको बैठकमा सहभागी भएका हुन्।

उनले संसद पुनःस्थापनाको हल्ला गरी हिँड्नेहरू पश्चगामी भएको बताए। निर्वाचनले नै आगामी क्रान्तिकारी बाटोलाई बलियो बनाउने बादलको भनाई थियो।

प्रतिक्रिया