सत्ता साझेदार दलका शीर्ष नेतालाई भेट्दै काँग्रेस नेता रामचन्द्र पौडेल


काठमाडौं – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका नेताहरुलाई भेट्दै छन् । नेता पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे गठबन्धनका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।

एमसीसी संसदमा पेस गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।

प्रतिक्रिया