टी-ट्वान्टी विश्वकप छनोट : आज क्यानडासँग भिड्दै नेपाल


काठमाडाैँ –  आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे यो खेल सुरु हुनेछ।

नेपालाई सेमिफाइनलमा पुग्न जित हात पारे पुग्नेछ। सानो अन्तरको हारले पनि नेपाल सेमिफाइनलमा पुग्नेछ। तर, क्यानडाको लागि भने माथिल्लो चरणमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ।

यसअघि नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो भने क्यानडाले फिलिपिन्सलाई हराउँदा ओमानसँग भने पराजित भएको थियो।

सोमबारको खेलमा जित हात पार्दै समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुग्ने नेपालको दाउ छ। सेमिफाइनलमा समूह ए र बीका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा जित हात पार्ने टोली विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया