


देशभर थप २६२ जनामा कोरोना पुष्टी, १३३८ कोरोनामुक्त, ४ को मृत्यु

काठमाडौं – नेपालमा गत २४ घन्टामा २६२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ९ हजार ८१५ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १३३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालमा थप ४ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेको अवस्थामा १२ हजार २ सय ४४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

