
एमसिसी टेबुल गर्नु अघि अर्थमन्त्री शर्मा ‘बिरामी’, कार्कीले टेबुल गर्दै !
काठमाडाैं – प्रतिनिधि सभा संसदमा आज टेबुल हुन लागेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्ने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले एमसिसी टेबल गर्ने कार्यसूची रहेकोमा उनी ‘बिरामी’ परेपछि कार्कीले टेबुल गर्ने भएका हुन् ।
अर्थमन्त्री शर्मा बिरामी परेको उनका सहयोगी नवीन शर्माका जनाएका छन् । शर्माले भने, ‘उहाँ आज बिरामी पर्नुभएको छ ।’
संसदमा एमसिसी सम्झौता टेबल गर्दा सञ्चार मन्त्री कार्कीले एमसिसी सम्झौताबारे संक्षेपमा केही धारणा राख्ने छन् भने प्रस्ताव लिएर महासचिवको टेबलमा राखिदिने छन् ।



कागजपत्र |
