एमसीसी संसदमा पेस गर्न गठबन्धनमा सहमति


काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए ।

यसअघि एमसीसी संसदमा टेबुल गर्ने विषयमा असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछिल्लो पटक केही लचक देखिएका छन् ।

जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया