रअ नेपाल प्रमुख हल्दर फर्किने, भुटान स्टेशन प्रमुख नेपाल आउँदै


काठमाडौं – नेपालस्थित भारतीय दूतावासमा कार्यरत गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) नेपाल प्रमुख अभिजित हल्दर आफ्नो कार्यकाल सकेर नयाँ दिल्ली फर्किन लागेका छन् ।

तीन वर्ष अघि नेपाल आएका हल्दरको कार्यकाल यहि डिसेम्वर अन्त्यसम्म हो। उनको ठाउँमा भुटानको स्टेसन चिफ नेपाल आउन लागेका हुन्।

स्रोतका अनुसार साउथ ब्लकले भुटानका स्टेसन प्रमुखलाई नेपाल स्टेसनमा पठाउने निर्देशन भएको छ। जति सक्दो चाँडो उनी काठमाडौं आउनेछन्।

यसैगरी सुरक्षा निकायसँग समन्वयका लागि दूतावासमा अहिले खाली रहेको डिआईजीमा पनि चाँडै नै नयाँ मान्छे आउने भएका छन्। त्यहाँ कार्यरत डिआईजी मैथली झाको दुई महिना अघि नै सरुवा भएको थियो ।

उनी सरुवा भएर गएदेखि रअका सेकेन्ड म्यान स्टालिनले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वलसँग समन्वय गर्दै आईरहेका छन। स्टालिन आईजीपी स्तरका अधिकारी हुन्।

प्रतिक्रिया