जबराविरुद्ध महाअभियोगपछि आज न्याय सेवा आयोगको बैठक बस्दै


काठमाडाैँ – न्याय सेवा आयोगको बैठक आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आयोगको बैठक बोलाएका हुन्। गत असोजपछि आजमात्रै आयोगको औपचारिक बैठक बस्न लागेको हो।

आजको बैठकमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषयमा छलफल हुने सर्वोच्च स्रोतले जनाएको छ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश जबराको कारणले सर्वोच्चमा विवाद बढ्दै जाँदा जाँदा गएको असोजदेखि आयोगको औपचारिक बैठक बस्न सकेको छैन।

प्रतिक्रिया