

सूर्यविनायक नगरप्रमुख थापाले जिते कोरोना

भक्तपुर – सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कोरोना जितेका छन् । थापालाई करिब १ महिनाअघि कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यमा समस्या देखिएका थापालाई थप उपचारका लागि मेडिसिटि अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । उनलाई कोरोना संक्रमणका बेला न्यूमोनिया देखिएर श्वासप्रश्वासमा गम्भीर असर देखिएको थियो ।
अस्पतालमा स्वास्थ्य सुधार आएपछि घरमा नै बसेर आराम गरिरहेका उनलाई २ पटक सम्म पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको थापाले बताए । तर, बुधबार गरिएको तेस्रो पटकको परिक्षणमा नेगेटिभ देखिएको थापाले एक भिडियो सन्देश जारी गर्दै बताएका छन् ।
थापाले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त सबैप्रति आभार व्यक्त गर्दै आफू अब नगरपालिकाको काममा छिटै फर्कने पनि बताए ।

