‘एमसीसी सम्बन्धमा नेपाललाई अनावश्यक दबाब दिने कुराको विरोध गर्छौं’ : चीन


काठमाडाैं – नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिइरहेको दबाबका सम्बन्धमा चीनले चासो व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएका छन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा छापिएको खबरअनुसार, शुक्रवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाललाई अमेरिकाले एमसीसी लिनका लागि बाध्य बनाइरहेको भन्ने समाचारमा टिप्पणी गरेका हुन् ।

नेपालसँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने वाङको भनाइ छ ।

अमेरिकाका सहायक विदेशमन्त्री डोनल्ड लुले नेपालका शीर्ष नेताहरूसँगको टेलिफोन कुराकानीमा फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता अनुमोदन नगरेमा नेपालसँग अमेरिकाको सम्बन्धमा पुनर्विचार गर्ने भनी आएको समाचारमा वाङले टिप्पणी गरेका हुन् ।

लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर एमसीसीबारे छिटो निर्णय लिन दबाब दिएका थिए ।

प्रतिक्रिया