

एमसीसीबारे भ्रम निवाराणार्थ ८ पृष्ठको ‘पर्चा’ !

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एमसीसीबारे भ्रम निवाराणार्थ भन्दै ८ पृष्ठको ‘पर्चा’ सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री देउवा एमसीसी संसदबाट अनुमोदन गराउने अन्तिम तयारीमा पुगेसँगै एमसीसीको पृष्ठभूमि, परिचय, संसदीय अनुमोदनको आवश्यकता र विवादित भनिएका विषयबारे खुलाईएको ८ पृष्ठको ‘पर्चा’ सार्वजनिक भएको हो ।
कुनै सरकारी निकायको छाप र आधिकारिकता नभएको ‘पर्चा’ विहीबार बालुवाटारबाटै वितरण गरिएको हो ।
त्यस्तै देउवाले यस्तो अवस्थामा एमसीसीको पक्षमा उभिन कसैसँग नडराउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमसीसी राष्ट्रको हितमा छ । कसैसँग डराउनुपर्दैन, एमसीसीको पक्षमा खुलेर लाग्नुपर्छ’, प्रधानमन्त्री देउवाले विहीबार बालुवाटारमै आयोजित कार्यक्रममा भनेका थिए ।

