संसद बैठक ६ गतेसम्मका लागि स्थगित


काठमाडौं – प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख अग्नी सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

तर, सभामुख सापकोटाले थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरेका हुन्।

अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया