

देउवा–प्रचण्ड छलफल सकियो, भोली गठबन्धनका शीर्ष नेताको बैठक बस्ने

काठमाडौं – माओवादी केन्द्रको बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ ।
दुई शीर्षनेताबीच भएको छलफलपछि भोली (बिहीबार) ३ बजेका लागि गठबन्धनका शीर्ष नेताको बैठक बस्ने निर्णय भएको छ ।
त्यसअघि प्रचण्ड सिंहदरबारमा बसेकाे पार्टीको संसदीय दलको बैठकको निणय सुनाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

