माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, एमसीसीबारे निर्णय लिने


काठमाडौं – एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।

प्रतिक्रिया