माओवादी केन्द्रको संसदीय दल बैठक आज बस्दै


काठमाडौं – माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । संसदमा आप्mनो उपस्थिति प्रभावकारी बनाउने उद्देश्यसहित सत्तारूढ दल माओवादी केन्द्रले आज बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया