प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल


काठमाडौं- सत्तारुढ तीन दलका तिन शीर्ष नेताबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विहान ८ बजेपछि सुरु भएको छलफल जारी रहेको हो।

गत आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रमबारे तीन नेताबीच छलफल भइरहेको जनाइएको छ।

 

प्रतिक्रिया