
सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि आव्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएका छन् ।
समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले आज दिउँसो २ बजे सिंहदरवारस्थित संंसद सचिवालयमा बैठक राखेका छन् ।
संसदमा संसदीय मर्यादाविपरित सभामुखले नै विभेदपूर्ण कदम चालेको भन्दै एमालेले विरोध जनाउँदै आएका छन् ।
सभामुखलाई हटाउनुपर्ने अडान राख्दै आएको एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने एक नेताले जानकारी दिए ।
एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।



कागजपत्र |
