अब हेलिकप्टरबाट खप्तड र बडिमालिका घुम्न पाइने, कति लाग्छ खर्च?


काठमाडाैँ –   नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश समितिले खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्ने व्यवस्था गरेको छ।

फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्न पाइने व्यवस्थासहित नाटाले टुर प्याकेजको व्यवस्था गरेको छ।

नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड, बडिमालिकालगायतका स्थल हिउँले सेताम्मे रहेकाले भ्रमण गर्न चाहनेलाई लक्ष्ति गरी टुर प्याकेज ल्याएको बताए।

१० दिनसम्म चल्ने प्याकेज अन्तर्गत कम्तिमा साढे तीन सय आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका अवलोकन गराउने लक्ष्य नाटाले राखेको छ। टुर प्याकेजमा खप्तड घुम्न चाहानेलाई दिपायल विमानस्थल, झिंग्राना धनगढी, महेन्द्रनगर र साफेबगरबाट हेलिकप्टरले लैजाने र ल्याउने व्यवस्था मिलाइएको नाटाले जनाएको छ। यो टुरमा प्रति यात्रुले स्थानअनुसार न्युनतम् १२ हजारदेखि अधिक्तम् ४० हजार रुपैयाँसम्म तिर्नुपर्छ।

प्रतिक्रिया