मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई आज मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराएका थिए । सो अवसरमा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया