उपचाररत जोशीको काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ


काठमाडाैं – वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो मङ्गलवार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज बुधवार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको छातीमा नियोनिया सङ्क्रमण देखिएको थियो । अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

हिजो बेलुकी गरिएको इकोकार्डियोग्राफीको रिपोर्ट अनुसार जोशीको मुटुमा समस्या देखिएकाले त्यसको पनि उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ ।

प्रतिक्रिया