माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ २८ गतेबाट बस्ने भनिएको अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिन माघ २८ र २९ गते बैठक बस्ने भएको थियो ।

पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन नमिल्दा बैठक बस्न सकिरहेको छैन । महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमान दुवैको दावी रहेको छ ।

माओवादीको विधानमा एक अध्यक्ष सहित एक वरिष्ठ उपाध्यक्ष र छ जना उपाध्यक्षको व्यवस्था छ । यस्तै एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

यसअघि पुस तेस्रो साता सम्पन्न भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया