

ओली समूहको प्रशिक्षणमा सातै प्रदेशका लागि तोकिए यी नेता

काठमाडौं – नेकपा ओली समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार आज (बुधबार) सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । बैठकले प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ । यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ ।
केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता ज्ञवालीका अनुसार निम्न प्रदेशमा निम्न नेताहरुलाई खटाइएको छ–
प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे
प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो
वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल
गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल
लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा
कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य
सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे

