

ओलीलाई सत्ताच्युत गरी प्रधानमन्त्री बन्ने बाटो खोल्दै प्रचण्ड, संसदीय दलमा सर्वसम्मत हुने तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गरी संसद पुनःस्थापना गराउने सबै बल प्रयोग गरेका प्रचण्ड प्रधानमन्त्री बन्नका लागि बाटो खोल्न थालेका छन्।
नेकपा पार्टीको अघोषित विभाजन गरी पहिलो अध्यक्ष बनेका उनी बहुमत संसदीय दलका सदस्यहरूको सर्वसम्मतमा बुधबार नेता चुनिने तयारीमा छन्। त्यसका लागि संसदीय दलको बैठक बोलाइएको छ।
बुधबार माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि प्रचण्ड संसदीय दलका नेता बन्न लागेका हुन्। तर पहिलाको सहमति भने उनी अध्यक्ष नहुने तर संसदीय दलको नेता मात्रै बन्ने तयारी थियो।

