छोरा जन्माउने भन्दै गर्भवती महिलाको टाउकोमा किला ठोक्ने व्यक्तिको प्रहरीद्वारा खोजी


पाकिस्तान – पाकिस्तानमा गर्भवती महिलाको टाउकोमा किला ठोकेको आरोप लागेका एकजना झारफुक गर्ने व्यक्तिको खोजी भइरहेको छ। झारफुक गर्ने व्यक्तिले छोरा जन्माउने पक्का हुने भन्दै टाउकामा किला ठोकेको गर्भवती महीलाको बताइन् ।

दुई इन्चको किला निकाल्ने प्रयासमा पेशावरस्थित अस्पतालमा ती महिलालाई पुर्‍याइएको छ। सुरुमा, ती महिलाले चिकित्सकहरूलाई उक्त कार्य आफैँले गरेको बताएकी थिइन्। तर पछि भने उनले आफूले देखाएको झारफुक गर्ने व्यक्तिले छोरा जन्माउने पक्का हुने दाबी गर्दै टाउकामा किला ठोकेको स्वीकारेकी छन्।

घाउको एक्स(रे गरिएका तस्बिरहरू अनलाइनमा देखापरेपछि प्रहरीले अनुसन्धान थालेको छ। लेडी रिडिङ अस्पतालमा कार्यरत डाक्टर हेइदर खानले ती महिला उपचारको खोजीमा अस्पताल आइपुग्दा ‘पूर्ण रुपमा चेतमै रहे पनि असाध्यै पीडामा’ रहेको बताइन्।

ती महिलाका तीनवटा छोरी छन् र चौथो पनि छोरी नै भए श्रीमान्‌ले छोडिदिने धम्की दिएको अस्पतालका कर्मचारीले बताए। ‘उनी तीन महिनाकी गर्भवती छिन् र श्रीमान्‌को डरका कारण उनी झारफुक गर्ने मानिस कहाँ गएकी हुन्,’अस्पतालका कर्मचारीले डन पत्रिकालाई भनिन्।

दक्षिण एसियाली केही गरिब देशहरूमा छोरीले भन्दा छोराले दीर्घकालीन आर्थिक सुरक्षा दिने ठानिन्छ। यस्तो मान्यताले तथाकथित ूझारफुक गर्नेू शोषित अभ्यासहरूलाई बढावा दिएको छ। पाकिस्तानका केही भागहरूमा झारफुक गर्नेहरू तुलनात्मक रूपमा धेरै भेटिन्छन् र खासगरी उत्तर(पश्चिम क्षेत्रमा यो सामान्य विषय हो।

मङ्गलवार ट्वीट जारी गर्दै पेशावरका प्रहरी प्रमुख अब्बास अहसानले ूएकजना निर्दोष महिलाको जीवनमाथि खेलबाड गर्ने र छोरा जन्माउने झुटो बाचा गरेर टाउकोमा किला ठोक्ने त्यस्तो झारफुक गर्नेलाई न्यायको कठघरामा ल्याउनू एउटा विशेष अनुसन्धान टोली बनाइएको बताएका छन्। प्रहरीले अस्पतालका कर्मचारीहरूसँग अन्तर्वार्ता गर्न थुप्रै दिनहरू बिताइसकेको छ।

अस्पतालमा उपचार गरिरहेकी ती महिलाको टाउकोबाट किला निकालिएको छ र उनले झारफुक गर्ने मानिसको पहिचानमा मद्दत गर्ने आशा व्यक्त गरिएको छ।

‘हामी छिट्टै झारफुक गर्ने ती मानिसलाई नियन्त्रणमा लिन्छौँ,’ अहसानले भने।

प्रतिक्रिया