

थापाथलीमा नेकपा बैठकः माधव नेपाल अध्यक्षमा अनुमोदन, हैसियत प्रचण्डपछिको दोस्रो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीइतरको केन्द्रीय समितिको बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा अनुमोदन गरेको छ। उनको हैसियत नेकपा अध्यक्ष प्रचण्डपछिको रहनेछ। सोही बैठकले पहिलो हैसियतमा रहेका अध्यक्ष ओलीलाई पदच्युत गरेको छ।
यसअघि आफू पक्षधर स्थायी समितिको बैठक राखी नेपाललाई अध्यक्षमा मनोनयन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लगिएको थियो। त्यस भन्दा अघिल्लो स्थायी समितिले ओलीलाई अनुशासनको कारबाही गरेको थियो। नेकपा विधानले दुई अध्यक्षको परिकल्पना गरेका कारण नेपाललाई प्रचण्डपछिको अध्यक्षका लागि मनोनयन गरिएको हो। नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नेता झलनाथ खनालले गरेका थिए।

