

देउवा र प्रचण्डलाई कारबाही गर्न भीम रावलको माग

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्न नेकपा एमालेका नेता भीम रावलले माग गरेका छन ।
रावलले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसिसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भन्दै कारबाहीको माग गरेका छन् ।
दुवै जना माथि छानविन गरेर कारबाही गर्नुपर्ने रावलले बताए । ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो,’ रावलले भने, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ रु यसमा छानबिन गरेर कारबाही हुनुपर्छ ।’

