

देशभर थप ७२२ संक्रमित, ३ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ।

