
माग पूरा नभए नयाँ पार्टी दर्ता गर्ने कमल थापाको चेतावनी
काठमाडौं – राप्रपाका नेता कमल थापाले पार्टीभित्र आफ्नो माग पूरा नभए नयाँ पार्टी दर्ता गर्ने चेतावनी दिएका छन् । आफूले अघि सारेका मागहरु स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पूरा गर्न उनले नेतृत्वलाई अल्टिमेटम दिएका छन् ।
थापाले सोमबार आफू निकटका नेताहरुसँगको छलफलमा भने, ‘स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ ।’
राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले दरबारको हस्तक्षेपका कारण पराजित भएको आरोप लगाउँदै आएका छन् ।



कागजपत्र |
