फिल्म हल, रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि खोल्न सिफारिस


काठमाडौं – सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो ।

यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो । यस्तै डान्स बार, दोहोरी, नाच घर, जिम खाना, स्विमिङ पुल फागुन १ गतेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्नका लागि सिफारिस गरिएको छ ।

यस्तै रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत राख्न पाउने, पार्टी प्यालेसहरू बढीमा कुल क्षमताको २५ प्रतिशत मानिस राखेर सञ्चालन गर्न सीसीएमसीसीले सिफारिस गरेकाे छ ।

प्रतिक्रिया