देशभर थप १३८६ जना संक्रमित, ११ जनाको मृत्यु


काठमाडौं – नेपालमा गत २४ घन्टामा १३८६ जना कोरोना संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार गत २४ घन्टामा ९२५१ नमुनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८७०४ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै नेपालमा थप ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म ११ हजार ८ सय १४ जनाको मृत्यु भएको छ ।

देशभर गत २४ घन्टामा ७९९५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया