जोर–विजोर प्रणाली हटाउन सिफारिस, फागुन १ देखि विद्यालय खुल्ने


काठमाडौं – उपत्यकाको जोर विजोर प्रणाली हटाइने भएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले उपत्यकाभित्र यातायातमा लागु जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागु थियो।

साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

त्यसका साथै अन्य व्यवसाय र रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको जनाइएको छ ।

 

प्रतिक्रिया