

सोमालियामा विद्युतीय धरापमा पारेर १० जनाको हत्या

मोगादिसु – सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार यहाँ एक सवारी साधनलाई गुडिरहेका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो ।
यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् । उनले यसरी मृत्यु हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो ।
ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ । तर उनीहरुले भने यसको जिम्मेवारी लिएका छैनन् ।
सोमालियमा पछिल्ला केही वर्षयता देखि अल सेबाब नामको आतङ्ककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन् ।

