

त्रिविले हिउँदे विदा कटौती गर्दै भौतिक रुपमा कक्षा सञ्चालन गर्ने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले यस वर्ष हिउँदे बिदा नदिने निर्णय गरेको छ । त्रिविले कोभिड–१९ का कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन गरिरहेकाले कक्षा र परीक्षा सञ्चालन सहज रुपमा गर्नका लागि यो बर्ष हिउँदे बिदा नदिएको हो । विद्यालयले सुरक्षाका मापदण्ड अपनाइ भर्चुअल भन्दा भौतिक रुपमा कक्षा सञ्चालनमा जोड दिन सम्पूर्ण आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

