नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न, दुईदिनभित्र सातै प्रदेशमा भेला गर्ने निर्णय


काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको बालुवाटारको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ भने पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगर्ने रणनीतिअनुरुप महाधिवेशनको नयाँ मिति घोषणा समेत गरेको छ ।

बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।

गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।

बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया