धम्मिका प्रसाद बने नेपालको बलिङ कन्सल्टेन्ट


काठमाडाैँ – श्रीलंकाका तीव्र गतिका बलर धम्मिका प्रसाद नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त भएका छन्।  धम्मिका ओमानमा हुने टी–२० विश्वकप ग्लोबल छनोट ए का लागि नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउन लागेका हुन्।

उनी शुक्रबारसम्म नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए। उनी ओमान भ्रमणसम्मका लागि नेपाली टोलीसँग रहने छन्।

उनले गत अक्टोबरमा नेपालमा भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए। तीव्र गतिका बलर धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडीआई र एक टी–२०  खेल खेलेका छन्। उनले टेस्टमा ७५ र ओडीआईमा ३२ विकेट झारेका छन्।

प्रतिक्रिया