उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीद्वारा पदभार ग्रहण


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् ।

सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको शुभकामना पनि दिएका छन् ।

प्राधिकरणमा ११ औँ तहमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो । उनलाई चार वर्षका लागि सरकार प्राधिकरणको महानिर्देशक बनाएको हो ।

प्रतिक्रिया