राप्रपा नेता केसीको निधन


काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहनसिंह केसीको निधन भएको छ । नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । नेता केसी लामो समयदेखि मधुमेह, रक्तचाप र मृगौलाको समस्याबाट पीडित थिए ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले राष्ट्रवादी, निष्ठावान् र एक असल व्यक्तित्वको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गरेका थिए ।

प्रतिक्रिया